काठमाडौं, चैत १ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फको चार जनाको नाम टुंग्याएको छ । सो पार्टीले क्लस्टर मिलाएर नाम टुंगो लगाई निर्वाचन आयोगमा नाम बुझाएको हो ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार सिट पाएको छ । सोहीबमोजिम आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बु, खस आर्यबाट अम्बिदेवी संग्रौला, दलितबाट राधिका रम्तेल र मधेशबाट रुवीकुमारी ठाकुरको नाम आयोगमा पठाइएको छ ।
सो पार्टीले नाम आयोगमा पठाएसँगै समानुपातिक सांसद बन्ने दौडमा सवैभन्दा अगाडि रहनुभएकी नेतृ सामला राई भने अटाउनु भएन । स्रोतका अनुसार हर्कले जातीयताको आरोप लाग्न सक्ने भन्दै क्लष्टर मिलाएर पठाउँदा राईको नाम काटनुभएको छ ।
सामाजिक सञ्जालमा आफूलाई समानुपातिक सांसद नबनाए राम्रो नहुने भन्दै अध्यक्ष साम्पाङलाई चेतावनी दिँदै आउनु भएकी सामलाको नाम हर्कले नै काटनुभएको हो । केन्द्रीय सदस्यसमेत रहनुभएकी सामला समानुपातिक बन्दसूचीमा रहे पनि अन्तिममा पर्न नसक्नुभएको हो ।
‘अब समानुपातिकमा मलाई लानुपर्छ, म भन्दा संघर्ष गरेको अरु को छ र महिला ?’, सामलाले अध्यक्ष साम्पाङलाई सार्वजनिक रुपमै भन्नुभएको थियो, ‘हर्क दाजुले म जस्तोलाई पठाउनु भएन भने नराम्रो हुन्छ,जसरी पनि पठाउनुपर्छ।’
यसरी सामलाले समानुपातिक कोटाबाट सांसद भन्ने चाहना देखाए पनि अध्यक्ष साम्पाङले पनि चेतावनीलाई घाममा सुकाइ दिनुभएको हो । समानुपातिक सांसद बनाउन दवाव बढनुका साथै धम्कीसमेत आएपछि हर्कले दुई दिन अघि सार्वजनिक रुपमै थप दवाव दिए पार्टीबाटै निकाल्ने सार्वजनिक चेतावनी दिनुभएको थियो । दवाव बढेपछि साम्पाङले समानुपातिकको अन्तिम टुंगो लागेको छैन भन्दै पहिला नै तय भएको नाम आयोगमा बुझाउनु भएको हो ।














प्रतिक्रिया दिनुहोस्