भक्तपुर, चैत १ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे गुण्डुस्थित निवास पुग्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारी आज दिउँसो १२ बजे एमाले अध्यक्षओलीलाई भेट्न गुन्डु पुग्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारी गुण्डु ओलीलाई उहाँका पिता मोहनप्रसाद ओलीको निधन भएकोमा समवेदना दिन पुगेको सचिवालयले जनाएको छ।
एमाले अध्यक्ष ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो । समवेदना प्रकट गर्न आज प्रधानमन्त्री सुशिला कार्की र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसहितका नेताहरु पनि पुग्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्