जनता टाइम्स

२ चैत्र २०८२, सोमबार १८:२८

राष्ट्रपतिसँग एमाले उपमहासचिव योगेश भट्टराईको भेट, प्रेरणादायी सल्लाह तथा सुझाव प्राप्त भएकाे भनाई


काठमाडौं, चैत २ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रपति  रामचन्द्र पाैडेलसँग शीतलनिवासमा भेट गर्नुभएको छ।

भेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उहाँले भदौ २३ र २४ मा भएका घटनापछि उत्पन्न अन्योल तथा अनिश्चयको अवस्थामा संविधानको क्रियाशीलता र लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न राष्ट्रपतिले मुलुकलाई सही दिशानिर्देश दिनुभएको उल्लेख गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, ‘भदौ २३ र २४ का घटना र त्यसपछिको अन्योल तथा अनिश्चयको अवस्थामा संविधानको क्रियाशीलता अनि लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न सम्माननीय राष्ट्रपतिले मुलुकलाई गर्नु भएको सही दिशानिर्देश तथा अभिभावकीय भूमिकाप्रति उच्च सम्मान व्यक्त गर्दछु।’

उहाँले राष्ट्रपतिबाट प्राप्त प्रेरणादायी सल्लाह तथा सुझावप्रति हार्दिक आभार पनि व्यक्त गर्नुभएको छ।  ‘उहाँबाटप्राप्त प्रेरणादायी सल्लाह तथा सुझाबकाप्रति हार्दिक आभार’, भट्टराईले लेख्नु भएकाे छ ।