काठमाडौं, चैत ३ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सार्वभौम संसद्को प्रतिनिधि सभाप्रति सबैले सम्मान गर्नु पर्ने बताउनुभएको छ । कुनै पनि व्यक्ति वा समूहले यसलाई बाइपास गरी निर्णय गरे त्यो नमानिने उहाँले स्पष्ट पार्नु भएको छ ।
उहाँले राष्ट्रिय र लोकतान्त्रिक प्रक्रियाको महत्त्व औँल्याउँदै भन्नुभयो, “सार्वभौम संसद्को प्रतिनिधि सभालाई बाइपास गरी कसैले केही गर्न सक्दैन, त्यो नेपाली जनताको जनमतबाट स्थापित व्यवस्थाको सम्मान गर्नु हाम्रो साझा कर्तव्य हो।”
अध्यक्ष साम्पाङले राष्ट्रिय एकता र मातृभूमिप्रति प्रतिबद्धता व्यक्त गर्दै “जय माटो! जय देश!!” को नारा लगाउनु भएको छ । उहाँले लोकतान्त्रिक संस्थाप्रतिको विश्वास कायम राख्न सबैलाई आग्रह गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्