जनता टाइम्स

३ चैत्र २०८२, मंगलवार १९:०७

‘एक जिल्ला एक स्वस्थ सहर’ अभियान प्रभावकारी बनाउन वाग्मती स्वास्थ्य मन्त्रालयकाे अभिमुखीकरण


हटौँडा, चैत ३ । वाग्मती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, हेटौंडाको आयोजनामा ‘एक जिल्ला एक स्वस्थ सहर कार्ययोजना निर्माणका लागि अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ।

वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव सुमित्रा गौतमलगायत स्वास्थ्य मन्त्रालयका अधिकारी र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वाग्मती प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुनुभएका प्रतिनिधिहरूसँग स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा छलफल तथा अभिमुखीकरण गरिएको छ।

‘एक जिल्ला एक स्वस्थ सहर’ अभियानमार्फत प्रत्येक जिल्लामा स्वास्थ्य–मैत्री वातावरण निर्माण गर्दै नागरिकहरूको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।

यस अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै स्थानीय तह तथा सरोकारवाला निकायको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।