काठमाडौं, चैत ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित तीन सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
सिन्धुली जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित धनेन्द्र कार्की, उदयपुर जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित सूर्यबहादुर तामाङ र पर्सा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धिप्रसाद पन्तविरुद्ध रिट दर्ता भएको हो।
कार्कीविरुद्ध उहाँ निर्वाचित क्षेत्रका नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार कटुवाल र तामाङविरुद्ध सोही पार्टीका उम्मेदवार अम्बरबहादुर रायमाझीले रिट दर्ता गर्नु भएको हो। उक्त रिट उहाँहरूको वारेस युवराज पौडेल सफलमार्फत दर्ता गराइएको जनाइएको छ।
उहाँहरूविरुद्ध बैङ्कको कालोसूचीमा रहेको आरोप लगाइएको छ।
यसअघि सोही पार्टीका धनुषा जिल्ला क्षेत्र नम्बर १ का उम्मेदवार किशाेरी साह बैङ्कको कालोसूचीमा परेपछि निर्वाचन आयोगले उहाँको उम्मेदवारी नै खारेज गरिदिएको थियो।













प्रतिक्रिया दिनुहोस्