काठमाडौं, चैत ४ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी रुद्राभिषेक पूजा गर्नु भएको छ।
प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको अवसरमा आराध्यदेव पशुपतिनाथलाई धन्यवाद व्यक्त गर्दै उक्त पूजा गर्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उहाँले मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अघि बढाउन सबै पक्षबाट प्राप्त साथ र सहयोगप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ। साथै आगामी दिनमा देश थप उन्नति र प्रगतितर्फ अग्रसर होस् भन्ने कामना समेत गर्नु भएको प्रेस नोटमा उल्लेख छ।
उहाँले देशभरका नेपालीबीच आपसी एकता, सद्भाव र आत्मीयताको भावना अझ सुदृढ बन्दै जाओस् भन्ने पुकारा पनि गर्नु भएको सचिवालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्