जनता टाइम्स

४ चैत्र २०८२, बुधबार १३:१०

खोटाङमा हेलिकप्टर दुर्घटना


काठमाडौं, चैत ४ । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटनामा परेको छ।

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले दुर्घटनाको पुष्टि गर्दै दुर्घटनामा कसैको पनि हताहती नभएकाे बताउनुभएकाे छ । जिल्ला प्रहरी कार्यालय खोटाङकाका अनुसार हेलिकप्टर खार्तम्छा बालाबेँसीमा अवतरणको क्रममा दुर्घटनामा परेको हो। दुर्घटनामा काजीबहादुर राई घाइते हुनु भएको छ। हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।

प्रहरी र स्थानीयवासीले घटनास्थलमा उद्धार तथा सुरक्षा व्यवस्था मिलाइरहेका छन् भने घाइतेको अवस्था स्थिर रहेको बताइएको छ। हेलिकप्टर शव लिएर गएकाे बुझिएकाे छ ।