जनता टाइम्स

४ चैत्र २०८२, बुधबार १८:०९

चैत ६ मा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने


काठमाडौं, चैत ४। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ साल चैत ६ गते शुक्रबार बस्ने भएको छ। बैठक दिनको १ः०० बजे  पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजना गरिने जनाइएको छ।

पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठकमा निर्वाचनकाे समीक्षा, समसामयिक राजनीतिक विषय, पार्टी संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमबारे छलफल हुने अपेक्षा गरिएको छ।