काठमाडौं, चैत ४ । नेपाली सेनाले समसामयिक राष्ट्रिय परिस्थितिका सम्बन्धमा पूर्व प्रधानसेनापतिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुभएको छ। सैनिक मुख्यालयमा आज आयोजित उक्त कार्यक्रममा पछिल्लो राजनीतिक घटनाक्रमबारे विचार आदानप्रदान गरिएको हो।
प्रतिनिधि सभा निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको सन्दर्भमा विकसित अवस्थाबारे समग्र समीक्षा गर्न उक्त छलफल आयोजना गरिएको बुझिएकाे छ । कार्यक्रममा पूर्व प्रधानसेनापतिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

छलफलका क्रममा सहभागी पूर्व प्रधानसेनापतिहरूले वर्तमान परिस्थितिमा नेपाली सेनाले निर्वाह गर्नुपर्ने भूमिकाबारे महत्वपूर्ण सुझाव दिनुभएको थियो। उहाँहरूले राष्ट्रिय सुरक्षा, स्थायित्व र संवैधानिक दायित्वका विषयमा केन्द्रित रहेर धारणा राख्नुभएको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्