काठमाडौं, चैत ५ । कैलाली जिल्लामा एक पुरुषले श्रीमतीको गोली हानी हत्या गरेका छन् भने त्यसपछि आफूलाई पनि गोली हानेका छन्।
गोदावरी नगरपालिका–४ अमलेशैनीका अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार बाख्रा चराउन जङ्गल गएका बेला घरायसी विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेका हुन्।
श्रीमतीको हत्या गरेपछि उनले सोही बन्दुक प्रयोग गरी आफूलाई पनि गोली हानेका थिए। गम्भीर घाइते भएका मगरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि उनी अझै होसमा नआएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्