काठमाडौं, चैत ५ । आज चैत्र शुक्ल प्रतिपदा । आजदेखि चैते दशैँको नवरात्र सुरु भएको छ।
नवरात्रको पहिलो दिन आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना सुरु गरिएको छ। चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको छ।
नवरात्रको अवसरमा देशभरका देवी मन्दिर तथा शक्ति पीठहरूमा पनि पूजाआराधना र उपासना गर्न भक्तजनको भीड लाग्ने गर्दछ।













प्रतिक्रिया दिनुहोस्