काठमाडौं, चैत ५ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदलाई प्रमाणपत्र प्रदान गरिएको छ।
निर्वाचन आयोग नेपालले एक विशेष समारोह आयोजना गर्दै विभिन्न दलबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो। आयोगका अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा (एमाले) का १६, नेपाल कम्युनिष्ट पार्टीका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४ जना सांसद निर्वाचित हुनु भएकाे छ ।
आयोगले आजै निर्वाचन परिणामसहितको पूर्ण प्रतिवेदन रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ। प्रतिवेदन बुझाएसँगै प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गर्ने तथा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।













प्रतिक्रिया दिनुहोस्