जनता टाइम्स

५ चैत्र २०८२, बिहीबार २०:४९

राप्रपा संसदीय दलकाे नेतामा ज्ञानबहादुर शाही, मुख्य सचेतकमा खुश्वु ओली 


काठमाडौं, चैत ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता चयन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले उहाँलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो । साथै, खुश्वु ओलीलाई मुख्य सचेतकमा नियुक्त गर्ने निर्णय गरिएको छ ।

ओली समानुपातिकतर्फबाट निर्वाचित सांसद हुनुहुन्छ । राप्रपाले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ एक मात्र सिट जितेको थियो ।

संघीय संसदको प्रतिनिधिसभामा राप्रपाबाट कुल ५ जना सांसद रहने छन् ।