काठमाडौं, चैत ८ । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्की समक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायत पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो।
सो अवसरमा आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउत लगायत उपस्थित हुनुहुन्थ्यो।
त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल तथा कानुन मन्त्री अनिल कुमार सिन्हा पनि प्रतिवेदन ग्रहण कार्यक्रममा सरिक हुनुहुन्थ्यो।
यसअघि आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पनि निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाइसकेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्