काठमाडौं, चैत ९ । रास्वपा सभापति रवि लामिछानेको मुद्दामा सोमबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुसार लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णय संशोधनसम्बन्धी फाइल अदालतमा पेस गरेको थियो ।
सर्वोच्चको निर्देशनबमोजिम पेस गरिएको उक्त फाइलमाथि आज बहस भइरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ जारी रहेको हो ।
यसअघि गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गर्नुभएको थियो । उक्त निर्णयपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
निर्णय विवादमा परेपछि उहाँले पुनः संशोधन गर्दै सहकारी ठगीबाहेक लामिछानेसँग सम्बन्धित अन्य प्रतिवादीहरूको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिनुभएको थियो । प्रारम्भमा लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन गर्ने निर्णय भएपछि थप विवाद उत्पन्न भएको थियो । पछि माघ २ गते उहाँले लामिछानेसहित अन्य सबै आरोपितहरूको हकमा समेत आरोपपत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्