काठमाडौं, चैत १०। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक चैत १२ गतेका लागि तय गरिएको हो। बैठक दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।
बैठकमा संसदीय दलको नेता चयन मुख्य एजेण्डा रूपमा रहने जनाइएको छ। साथै, समसामयिक राजनीतिक विषय, पार्टीको आगामी रणनीति तथा अन्य विविध विषयमा समेत छलफल हुने रास्वपाले जानकारी दिएको छ।













प्रतिक्रिया दिनुहोस्