काठमाडौं, चैत १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आज पनि सुनुवाइ हुँदै छ।
हिजो विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की जिल्ला, काठमाडौं जिल्ला, रुपन्देही जिल्ला र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी दाबी हटाउने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो।
उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल तथा अभियन्ता युवराज पौडेलले रिट दायर गर्नुभएको हो।
यसअघि शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको निर्णयसम्बन्धी कागजात झिकाउन आदेश दिएको थियो । उक्त रिटमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहनेछ।













प्रतिक्रिया दिनुहोस्