काठमाडौं, चैत ११। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्रीका रूपमा लिनु हुने शपथग्रहण विशेष विधि र परम्पराअनुसार सम्पन्न हुने भएको छ ।
उहाँको शपथग्रहणको साइत शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा तय भएको छ । सोही साइतमा शपथ लिने ब्यहोरा राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको बुझिएको छ ।
शपथग्रहण समारोहलाई विशेष बनाउन १०८ जना बटुकबाट स्वस्तिक वाचन गरिनेछ भने १०७ जना बौद्ध लामा गुरुहरूबाट मंगलवाचन गराइने कार्यक्रम तय गरिएको छ ।
यस प्रकारको धार्मिक तथा सांस्कृतिक विधिसहितको शपथग्रहणले समारोहलाई थप विशेष र आकर्षक बनाउने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्