काठमाडौं, चैत १२। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र साह बालेन चयन हुनुभएको छ।
पार्टी सभापति रवि लामिछाने ले संसदीय दलको नेताका लागि उहाँको नाम प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावलाई पार्टी केन्द्रीय समितिले सर्वसम्मत रूपमा पारित गरेको जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिनुभएको हाे ।
हालै सम्पन्न निर्वाचनमा १८२ सिट जित्दै एकल सरकार गठन गर्ने अवस्थामा पुगेको रास्वपाको नेतृत्वमा अब बालेन्द्र साह प्रधानमन्त्री बन्नुहुने भएको छ। उहाँले शुक्रबार दिउँसो १२:३४ बजे प्रधानमन्त्री पदको शपथ लिनुहुने कार्यक्रम तय गरिएको छ।













प्रतिक्रिया दिनुहोस्