काठमाडौं, चैत १३ । बालेन सरकारका नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणमै कार्यालयदेखि ऐन खारेजीसम्मको निर्णय गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री बालेन्द्र शाहको शपथलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट पदतथा गोपनीयताको शपथ लिएर सिंहदरवारस्थित अर्थमन्त्रालय पुगेर पदबहाली गर्दै वाग्लेले कार्यालय खारेजीसहित तीन महत्वपूर्ण निर्णय गर्नुभएको छ ।
पदभार ग्रहणको क्रममा अर्थमन्त्री वाग्लेले तीन वटा महत्वपूर्ण निर्णय गर्नुभएको हो । वाग्लेले यसअघिको सरकारको पालामा गठन भएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने निर्णय गर्नुभएको छ ।
यस्तै, चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने निर्णय पनि अर्थमन्त्री वाग्लेले गर्नुभएको छ ।
यस्तै अर्थमन्त्री वाग्लेले निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवद्र्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने निर्णय पनि गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्