जनता टाइम्स

१३ चैत्र २०८२, शुक्रबार २१:३४

कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर, मन्त्री परिषदको प्रतिशोधपूर्ण निर्णय फिर्ता गर : शंकर पोखरेल


काठमाडौं, चैत १३ । एमाले महासिचव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही भएको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गर्नुभएको छ।

महासचिव पोखरेलले सरकारको हालैको मन्त्रिपरिषद् निर्णयप्रति पनि आपत्ति जनाउँदै त्यसलाई ‘प्रतिशोधपूर्ण’ भन्दै तत्काल फिर्ता लिन आग्रह गर्नुभएको हो। उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आयोगको प्रतिवेदन निष्पक्ष नभएको आरोप लगाउनुभयो। “ कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर ! मन्त्री परिषदको प्रतिशोधपूर्ण निर्णय फिर्ता गर ! , उहाँकाे माग छ ।

पोखरेलले सरकारबाट गरिएका यस्ता निर्णयहरूले राजनीतिक प्रतिशोधलाई बढवा दिने र देशलाई थप अस्थिरतातर्फ धकेल्ने चेतावनी दिनुभएको छ।

उहाँले न्याय प्रक्रिया निष्पक्ष, पारदर्शी र सबैका लागि समान हुनुपर्नेमा जोड दिँदै पूर्वाग्रहका आधारमा गरिने कुनै पनि निर्णय स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।