जनता टाइम्स

१४ चैत्र २०८२, शनिबार ०४:५९

केपी ओली पक्राउ गर्न गुण्डुस्थित निवास पुग्यो प्रहरी


काठमाडौं, चैत १४ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई‌ पक्राउ गर्न गुण्डुस्थित निवासमा प्रहरी पुगेको छ ।

गृहमन्त्री सुधन गुरुङको लिखित निर्णय अनुसार ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न प्रहरी ओली निवास पुगेको हो । एसएसपीको कमाण्डको झण्डै सय जना भन्दा बढीको संख्यामा प्रहरी ओली निवास पुगेको हो ।

प्रहरीले‌ साथमा लिएर आउन आदेश भएको भन्दै पक्राउ पुर्जी लिएर आएको छ ।