काठमाडौं, चैत १४ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले कानुन कानुन भन्दा माथि काेही नहुने भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई कानुन अनुसार नै नियन्त्रणमा लिइएको बताउनुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमा गुरुङले ‘प्रमिस इज अ प्रमिस’ भन्दै कानुनको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएकाे छ। “कानुनभन्दा माथि कोही छैन, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ,” उहाँले भन्नुभएाे छ, “यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।”
गृहमन्त्री गुरुङले सरकारले कानुनी प्रक्रियाअनुसार अगाडि बढिरहेको स्पष्ट पार्दै कसैलाई पनि राजनीतिक आस्थाका आधारमा लक्षित नगरिएको दाबी गर्नुभएकाे छ। उहाँले कानुन कार्यान्वयनमा कुनै किसिमको दबाब वा प्रभाव स्वीकार नगर्ने पनि बताउनुभएकाे छ ।
हिजो गृहमन्त्री नियुक्त भए लगत्तै गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने आदेश दिनुभएकाे थियाे । उहाँहरुलाई राति नै निवासबाट पक्राउ गरिएकाे थियाे ।













प्रतिक्रिया दिनुहोस्