जनता टाइम्स

१४ चैत्र २०८२, शनिबार ०७:५७

‘प्रतिशोध र द्वन्द्वको बाटोमा सरकार, तर चाहेजस्तो हुने छैन’ : प्रदीप ज्ञवाली


काठमाडौं, चैत १४ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले नयाँ सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा अघि बढेको टिप्पणी गर्नु भएकाे छ ।

ज्ञवालीले सरकारको पछिल्लो कदमले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने संकेत देखिएको उल्लेख गर्दै यस्तो राजनीतिक अभ्यास दीर्घकालीन रूपमा सफल नहुने दाबी गर्नुभयो। “प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार अघि बढिरहेको छ, तर उसले चाहे जस्तो हुने छैन,” उहाँले भन्नुभयो।

प्रहरीले ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गए राति भक्तपुरको गुण्डुबाट नियन्त्रणमा लिएको थियो। यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको छ।

उहाँले उक्त घटनालाई राजनीतिक प्रतिशोधको संकेतका रूपमा व्याख्या गर्दै लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती खडा भएको टिप्पणी गर्नुभयो। यस विषयमा छलफल गर्न केही समय पछि एमाल सचिवालय बैठक बस्दै छ ।