जनता टाइम्स

१४ चैत्र २०८२, शनिबार ०८:५७

बालेन युगको दाबी ब्याकहोलतिर, जसलाई जे लागे पनि पूर्वाग्रह र प्रतिशोध अन्ततः राम्रो हुँदैन : गोकुल बास्कोटा


काठमाडौं, चैत १४ ।  नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै ‘बालेन युग’को दाबी उल्टै अधोगतितर्फ उन्मुख देखिएको बताउनुभएको छ।

उहाँले “बालेन युगमा जान्छ भन्ने गरिएको थियो, तर अहिले अवस्था ब्याकहोलतिर जाने देखिएको छ” भन्दै व्यंग्य गर्नुभएकाे छ। साथै, उहाँले यसलाई ‘पार्ट टु’ को रूपमा उल्लेख गर्दै ‘पार्ट थ्री’ कति समयमा आउने हो भन्ने प्रश्नसमेत उठाउनुभएकाे छ।

उहाँले विदेशी मोडलको सन्दर्भ उठाउँदै पाकिस्तानी र बङ्गलादेशी शैली नेपाली समाजले स्वीकार नगर्ने स्पष्ट पार्नुभएकाे छ। “पाकिस्तानी र बङ्गलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन,” उहाँले भन्नुभएकाे छ ।

बास्कोटाले पूर्वाग्रह र प्रतिशोधको राजनीति अन्ततः राम्रो नहुने धारणा व्यक्त गर्दै यस्तो अभ्यासले दीर्घकालीन रूपमा नकारात्मक परिणाम ल्याउने चेतावनी दिनुभएको छ। उहाँले “पूर्वाग्रह र प्रतिशोध अन्ततः राम्रो हुँदैन, जसलाई जे सुकै लागोस्” भन्दै आफ्नो धारणा राख्नुभएको छ।

बालेन सरकार बने लगत्तै एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको सन्दर्भलाई जोडेर उहाँको प्रतिक्रिया आएको हो ।