जनता टाइम्स

१४ चैत्र २०८२, शनिबार १०:४६

अध्यक्ष ओली पक्राउ प्रकरणमा छलफल गर्ने बसेकाे एमाले सचिवालय बैठक जारी 


काठमाडौं, चैत १४ । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रकरणमा छलफल गर्न बसेकाे सचिवालय बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा अध्यक्ष ओलीको गिरफ्तारीसहित समसामयिक राजनीतिक विषयमा व्यापक छलफल भइरहेको छ ।

पार्टीले अध्यक्षको गिरफ्तारीलाई प्रतिशोधपूर्ण कदमको रूपमा व्याख्या गर्दै एमालेले विरोधका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। केही कार्यकर्ताहरूले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरिसकेका छन्।

एमाले सचिव महेश बस्नेतले सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूसँग पनि बैठक बस्ने बताउनुभएकाे छ। ती बैठकहरूले आगामी विरोध कार्यक्रमको स्वरुप र रणनीति तय गर्ने जनाइएको छ।