जनता टाइम्स

१४ चैत्र २०८२, शनिबार ११:२६

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना


काठमाडौं, चैत १४ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ‘एनेक्स वान’ ५०१ नम्बर बेडमा भर्ना गरिएको छ।

शनिबार बिहान पक्राउ परेका अध्यक्ष ओलीलाई आवश्यक स्वास्थ्य जाँचका लागि अस्पतालमा लगिएको हो।

यसअघि शुक्रवार बालेन साह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दा चलाउने जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।