जनता टाइम्स

१५ चैत्र २०८२, आईतवार ०८:४३

पूर्वमन्त्री दीपक खड्का पक्राउ


काठमाडौं, चैत १५ । पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ पर्नुभएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले आज बिहान खड्कालाई नियन्त्रणमा लिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो ।त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो ।

गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको तोडफोड र आगजनीमा खड्कासहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निवासबाट जलेका नोटका भग्नावशेष भेटिएका भिडियो तथा तस्बिर बाहिरिएका थिए।

त्यसको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो। सोही आधारमा खड्का पक्राउ पर्नु भएको हो ।