सप्तरी, मंसिर २६
विवादित पप्पु कन्स्ट्रक्सनलाई हटाउने वित्तिकै आठ वर्षदेखी बन्न नसकेको पुल निर्माणले तिव्रता पाउन थालेको छ । हुलाकी लोकमार्गअन्तर्गत सिरहा–सप्तरी जोड्ने बलान नदीको पुल र सिरहा–धनुषा जोड्ने कमला नदीको पुल निर्माण अहिले तिव्र गतिमा निर्माण थालिएको छ ।
०६८ सालमै शिल्यानाश भई काम थालिएका यी पुल पप्पुले ८ वर्षअघि देखी बनाउन थालेको थियो । तर, अहिलेसम्म काम पुरा त के आधा भाग पनि सकेको छैन । २४ करोड ९१ लाख रुपैयाँमा लागतमा कमला नदीको पुल निर्माण गर्न सरकार र पप्पु लुम्बिनी जेभी कन्स्ट्रक्सनबीच ३१ जेठ ०६८ सालमा सम्झौता भएको थियो । दुई पटक म्याद थप्दा पनि पुल निर्माण हुन नसकेको हो ।
पप्पुलाई हटाएर असोज १ गतेदेखि लुम्बिनी कन्स्ट्रक्सन एक्लैले काम सुरु गरेपछि तिव्रता पाएको छ । त्यस्तै २४ करोड ६२ लाख ८३ हजार रुपैयाँमा बलान नदीको पुल निर्माण गर्न सरकार र शर्मा पप्पु जेभीबीच सम्झौता भएको थियो । सो पुल निर्माणले पनि ८ वर्षसम्म पुर्णता पाउन सकेन । पप्पुलाई हटाइएपछि ०७५ चैतदेखि शर्मा एण्ड कम्पनीले काम सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्