काठमाडौं, चैत १५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दायर सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट निवेदन अब पूर्ण इजलासमा सुनुवाइका लागि पेस हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।
अधिवक्ताहरु दिनेश त्रिपाठी, आभास रेग्मी र युवराज पौडेललगायतले अभियोगपत्र संशोधन प्रचलित कानूनविपरीत रहेको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
उक्त मुद्दा अब पूर्ण इजलासमा विस्तृत कानुनी बहससहित सुनुवाइ हुने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्