काठमाडौं, चैत १६ । नेपाली कांग्रेसको देउवा समूहले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टीको चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक काठमाडौंमा बोलाइएको हो ।
कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बैठक आह्वान गर्नुभएको हो । उक्त बैठक दुई दिनसम्म सञ्चालन हुने बताइएको छ ।
यसअघि आज देउवा समूहले कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई बधाई दिने कार्यक्रम राखेको छ । आज दिउँसो १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा प्रतिनिधि सभामा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाको पनि उपस्थिति रहने बताइएको छ ।
त्यसपछि भोलि र पर्सी चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बस्नेछ । बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदीय गतिविधि तथा पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएकाे छ ।
यसैगरी, चैत १९ गते पार्टीका जिल्ला सभापतिहरूसँग छुट्टै छलफल कार्यक्रम तय गरिएको छ । यसले कांग्रेस विभाजनकाे संकेत गरेकाे छ ।













प्रतिक्रिया दिनुहोस्