काठमाडौं, चैत १७। नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति तथा समसामयिक राजनीतिक अवस्थाबारे बैठकमा गम्भीर छलफल भइरहेको बताइएको छ।
बैठकमा अध्यक्ष ओलीको पक्राउपछिको राजनीतिक र कानुनी रणनीति तय गर्नुका साथै पार्टीले सञ्चालन गर्दै आएको आन्दोलनको हालसम्मको समीक्षासमेत गरिने जनाइएको छ। बैठकमा आन्दोलनलाई थप प्रभावकारी बनाउने, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने तथा आगामी कार्यक्रमबारे निर्णय हुन सक्ने बताइएकाे छ ।
अध्यक्ष ओलीलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको आरोप लगाउँदै एमाले निरन्तर आन्दोलनमा उत्रिएको छ। यद्यपि, हालसम्मका विरोध कार्यक्रमहरूमा अपेक्षाकृत कम सहभागिता देखिएको भन्दै त्यसको कारण र आगामी रणनीतिबारे पनि बैठकमा समीक्षा भइरहेको बताइएको छ।













प्रतिक्रिया दिनुहोस्