काठमाडौं, चैत १७ । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार प्रदीप परियारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ। उहाँले अब प्रधानमन्त्रीको निजी सचिवका रूपमा जिम्मेवारी सम्हाल्नुहुनेछ।
त्यसैगरी टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका, दाङमा कामकाजका लागि खटाइएको छ। चन्द्रप्रसाद भुसाललाई घोराही उपमहानगरपालिका, दाङ तथा दीपक ज्ञवालीलाई बुटवल उपमहानगरपालिका, रुपन्देहीमा सरुवा गरिएको छ।
यस्तै ज्ञानहरि घिमिरेलाई जनकपुरधाम उपमहानगरपालिकामा कामकाजका लागि पठाइएको छ भने नवराज शर्मालाई सहरी विकास मन्त्रालय वा सोअन्तर्गतको निकायमा सरुवा गरिएको जनाइएको छ।
सरकारले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ। पछिल्लो सरुवालाई स्थानीय तह र केन्द्रीय प्रशासनबीच समन्वय सुदृढ गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्