जनता टाइम्स

१८ चैत्र २०८२, बुधबार १७:००

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध, सुहाङले छाडे दावी


काठमाडौं, चैत्र १८ । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन हुनु भएको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिनुभयो । बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद निर्वाचित हुनुभएको हो ।

दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भए पनि अन्तिममा फिर्ता लिनुभयो ।

एमालेले प्रत्यक्षमा ९, समानुपातिकबाट १६ सीट जितेर प्रतिनिधि सभाको तेस्रो दल बनेको छ।