काठमाडौं, चैत १८। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले वर्तमान जटिल राजनीतिक परिस्थितिमा पार्टीको व्यापक पुनर्गठनमार्फत बलियो एकता कायम गर्दै जनविश्वास जागृत गर्नुपर्ने बेला संसदीय दलको नेता चयन प्रक्रियामा अपनाइएको शैलीले सिङ्गो पार्टी पङ्क्तिलाई थप चिन्तित बनाएको बताउनुभएको छ ।
उहाँले हालै सम्पन्न निर्वाचनबाट पार्टीले गम्भीर धक्का बेहोरेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको तथा पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु परेको अवस्थालाई समग्र आन्दोलनले बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको बताउनुभएको छ । यस्तो संवेदनशील अवस्थामा पार्टीभित्र व्यापक छलफल, संवाद र समझदारीमार्फत एकता सुदृढ गर्नुपर्ने आवश्यकता रहेको उहाँको धारणा छ । तर, नेकपा एमालेको संसदीय दलको नेता छनोट गर्ने क्रममा अपनाइएको तरिका र शैलीले पार्टीभित्र थप असन्तुष्टि र चिन्ता बढाएको उहाँले बताउनुभएको छ ।
भट्टराईले केही दिनको समय लिएर पार्टी नेतृत्व र सांसदहरूबिच छलफलमार्फत उच्चस्तरीय समझदारीमा पुग्न सकिने अवस्था हुँदाहुँदै त्यसो नगरिएको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार सांसदहरूलाई दबाबमा राखेर निर्णय प्रक्रियालाई अघि बढाइनु उपयुक्त कदम नभएको सन्देश पार्टीपंक्तिमा गएको छ ।
उहाँले पार्टीको वर्तमान चुनौतीलाई सामना गर्न संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र आपसी विश्वासलाई अझ बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
यस्तो छ उहाँको फेसबुक स्ट्याटस :













प्रतिक्रिया दिनुहोस्