काठमडौं, चैत १९ । सरकारले संविधान संशोधनको बहशपत्र तयार गर्ने कार्यदलका लागि दलहरूसँग नाम मागेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको कार्यदलले दलहरूसँग कार्यदलमा रहने सदस्यको नाम मागेको हो । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृती पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी नेपाल र राष्ट्रिय जनमोर्चासँग प्रतिनिधि मागेको हो ।
प्रतिनिधि सभामा नरहेका दलहरूसँग पनि सरकारले सदस्यको नाम मागेको हो । संबिधान संशोधनमा राष्ट्रिय सहमति आवश्यक रहेकोले संसद बाहिरका हिजोका शक्तिलाई समेटन जरुरी रहेको सरकारको निश्कर्षका आधारमा नाम मागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बहसपत्र तयार कार्यदलले आवश्यक गृहकार्य अघि बढाइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्