काठमाडौं, चैत १९। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अबका दिन कांग्रेस र कम्युनिष्टका लागि निक्कै कठिन हुने बताउनुभएको छ ।
स्वर्गीय कमल कोइरालाको प्रथम स्मृति कार्यक्रममा बोल्दै डा। कोइरालाले एमाले र कांग्रेस दुवै पार्टी विचित्रको अप्ठेरोमा विवादमा फसेका बताउनुभयो । ‘अबका दिन कांग्रेस र कम्युनिष्टका लागि कठिन छन्, एमाले र कांग्रेस दुवै पार्टी विचित्रको अप्ठेरोमा विवादमा फसेका छन् भनेर स्वीकार गरौँ, ती पार्टीहरुलाई मिलाएर अघि लैजान सकेनौँ भने अवस्था के हुन्छ रुु, उहाँले प्रश्न गर्नुभयो ।
कांग्रेस र एमाले एकढिक्का बनाएर लड्न नसक्ने हो भने आउने निर्वाचनमा अस्तित्वमा रहन्छन् कि रहँदैनन् भन्ने अप्ठेरो परिस्थिति सिर्जना भएको बताउनुभयो । यसलाई ख्याल गरेर दुई दल अघि बढ्नु पर्ने उहाँको धारणा छ ।
भदौ २३ र २४ को घटनालाई अर्ग्यानिक मान्न आफू तयार नरहेको बताउँदै उहाँले सो गतिविधि आन्दोलन वा विद्रोह नभई बाह्य शक्तिको खेल भएको दाबी गर्नुभयो । आफूसँग यो घटना अर्ग्यानिक होइन भन्ने प्रशस्त प्रमाणहरु रहेको उहाँको दाबी छ ।
कोइरालाले अबका दिन कांग्रेस र वामपन्थीहरुका लागि निकै चुनौतिपूर्ण र जोखिमयुक्त रहेको बताउनुभयो । उहाँले यस्तो बेला कांग्रेस र एमाले पार्टीभित्र विवाद र आरोप प्रत्यारोप गरेर बस्न नहुनेमा उहाँले जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्