जनता टाइम्स

२६ मंसिर २०७६, बिहीबार १२:१७

सलमान खानलाई परिवारले दिए बिग बोस १३ छाड्न अल्टिमेटम


नयाँदिल्ली, मंसिर २६ । ‘बिग बोस १३’ सिजन आजभोलि निकै चर्चामा रहेको छ । कार्यक्रमले निकै राम्रो टिआरपी पनि पाएको छ, जसका कारण निर्माताले यसलाई पाँच हप्ता बढाउने निर्णय गरेका छन । यो शो अब फेब्रूअरीमा मात्रै समाप्त हुनेछ । कार्यक्रमको लगातारको सुटिङ र विभिन्न कमिटमेन्ट्सका कारण प्रस्तोता रहेका नायक सलमान खानलाई अब स्वास्थ्य बाधक बनेको भारतीय संचार माध्यमहरुले जनाएका छन ।

सलमान आफैंले पनि शोलाई छोड्ने बताइसकेका छन् । हालै सार्वजनिक भएको रिपोर्ट अनुसार सलमानको परिवारले पनि स्वास्थ्यको समस्याका कारण अव शो छोड्न भनेका छन । परिवारको भनाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार ट्राइजेमिनल न्यूरलजियाबाट पीडित छन् सलमान खान ।

स्रोतलाई उद्धृत गर्दै डेकन क्रोनिकलमा छापिएको रिपोर्टले सलमान ट्राइजेमिनल न्यूरलजियाबाट ग्रसित भएको र उक्त रोगका कारण उनी रिसाउन नहुने उल्लेख छ । यो रोग लागेकाहरुलाई अनुहारको मांसपेशी खुम्चाएपछि अत्यधिक पीडा हुन्छ । यस्तोमा कार्यक्रमका प्रतियोगीको व्यवहारमा जब सलमानलाई रिस उठ्छ, तब त्यो उनहरुको स्वास्थ्यको हिसाबले ठिक नभएको बताइएको छ । उनका आफन्तले पनि अहिले निर्मातालाई सुटिङको क्रममा सलमानलाई धेरै तनाव नदिन सुझाव दिएका छन ।