काठमाडौं, चैत २० । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले पार्टीलाई वर्तमान चुनौतीबाट बचाउन एकता, अनुशासन र सुसङ्गत सिद्धान्त आवश्यक रहेको बताउनु भएको छ ।
पोखरेलले पार्टी आफ्नो स्थापना कालदेखि नै प्रतिकूल परिस्थितिसँग जुद्धै आएको र संगठनात्मक संरचना, सामूहिक नेतृत्व, आत्मसमीक्षा र आलोचनात्मक चेतबाट सुदृढ हुँदै आएको बताएका बताउनुभएको छ। उहाँका अनुसार यही आधारमा नेकपा (एमाले)ले जनताको बिचमा आफ्नो ओजस्विता कायम गर्दै आएको छ।
उहाँले २०८२ मङ्सिरमा सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा पार्टीलाई नयाँ जीवन र गति दिने उद्देश्यले गम्भीर छलफल र पहल भएको स्मरण गराउँदै, पार्टीको इतिहास र उपलब्धिलाई कहिल्यै भुल्नु नहुने बताउनुभएको छ । सिद्धान्तहीन सत्ता स्वार्थ, अवसरवादी अभिव्यक्तिहरू र पद्धति विपरीत गतिविधिहरू पार्टीका लागि हानिकारक हुने उहाँको धारणा छ। उहाँले एमालेलाई नेपाली जनताको प्रिय पार्टी बनाउने, एकताबद्ध भएर गतिशील बनाउने र परिस्थिति अनुसार आफ्ना चिन्तन र व्यवहार सुधार गर्ने आवश्यकता औँल्याउनुभएकाे छ ।
अहिलेको चुनौतीको भुँवरीमा रहेको एमालेलाई संगठित एकता, अनुशासन र गति अनुसार निर्णय गर्दै अघि बढ्ने प्रतिबद्धताबाट मात्र पार्टीको रक्षा गर्न सकिने उहाँको धारणा छ ।
यस्तो छ पोखरेलको धारणा :
नेकपा (एमाले) को रक्षाका लागि
————————————-
नेकपा (एमाले) आफ्नो स्थापना कालदेखिनै, प्रतिकूलताहरूसित जुद्धै सुसङ्गत विचार ; व्यवस्थित विधि / पद्धति, सामूहिक नेतृत्व प्रणाली, पार्टीभित्र नियन्त्रण अनि सन्तुलनको व्यवस्थित अभ्यासका आधारमा सुदृढ हुँदै आएको संगठनात्मक सञ्जाल ; आत्मसमीक्षा तथा आलोचनात्मक चेतबाट निर्देशित हुँदै आएको पार्टी हो । यिनै कुराबाट प्राप्त ऊर्जा र शक्तिको बलमा यसले जनताको बिचमा आफ्नो हैसियत स्थापित गर्दै आएको हो । यिनै यिनै कुराबाट नेकपा (एमाले)ले आफ्नो ओजस्विता र जीवन शक्तिप्रति गर्व गर्दै आएको पनि हो । २०८२ मङ्सिरमा सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा , थुप्रै अप्ठ्याराहरूका बिचमा , यिनै विषयलाई नयाँ उचाइबाट स्थापित गर्नुपर्छ भन्ने विषयमा विशेष जोड दिँदै , पार्टीलाई नयाँ जीवन र गति दिने उद्देश्यका साथ गम्भीर बहस / छलफलको पहल र प्रयत्न भएको पनि हो । नेकपा (एमाले) का सबै जिम्मेवार नेता, कार्यकर्ता, समर्थक/ शुभचिन्तक ले नेकपा ( एमाले) को जीवनसित अविच्छिन्न रूपले गाँसिएको यो पृष्ठभूमिलाई कहिल्यै बिर्सनु हुने छैन ।यिनै चीजको निरन्तरतामा मात्र हामीहरू अगाडि बढ्न सक्छौँ , हामीमाथि अहिले भइरहेका चौतर्फी षडयन्त्रपूर्ण हमलाको मुकाबिला गर्दै लडेको ठाउँबाट धुलो टकटक्याउँदै उठ्न सक्छौँ !













प्रतिक्रिया दिनुहोस्