काठमाडौं, चैत २० । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा पूर्वउपाध्यक्ष गुरु बराललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
संसदीय दलका नेता रामबहादुर थापा बादलले दलका सदस्यहरुसँगको परामर्शपछि बराललाई सभामुख पदको उम्मेद्वार बनाउने निर्णय लिनुभएको हो । प्रतिनिधिसभामा रास्वपाको १८२ सिट रहेको छ ।
कुल २७५ मध्ये रास्वपाको १८२ रहँदा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले पनि सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । प्रचण्ड नेतृत्वको नेकपाले रास्वपालाई नै सभामुखमा समर्थन गर्दै उपसभामुख आफूहलाई दिन माग गरेको छ । सोही योजनाअनुसार उपसभामुख आफूलाई दिए सरकारलाई पनि सघाउने जानकारी नेकपाका नेताहरूले रास्वपालाई गराएका छन ।
सो बिषयमा सभापति रवि लामिछाने कन्भिन्स भएपनि प्रधानमन्त्री तथा बरिष्ठ नेता बालेन राप्रपातिर दिनुपर्ने अडानमा देखिनुभएको छ । बालेनको रोजाई राप्रपाकी खुस्बु ओलीतिर रहेको स्रोतले जनताटाइम्स डटकमलाई बताएको छ । तर एमालेले भने सभामुखमा सर्वसम्मत हुन नदिने निर्णयसहित बराललाई हार्नका लागि खडा गरेको छ । बराल एमालेका समानुपातिक सांसद हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्