जनता टाइम्स

२० चैत्र २०८२, शुक्रबार २०:५१

रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ निर्वाचित


रामेछाप, चैत २० । रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ। आज सम्पन्न निर्वाचनमा उहाँले ९३२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।

निर्वाचन समितिका अनुसार उहाँका प्रतिद्वन्द्वी कुमार श्रेष्ठले ४०३ मत प्राप्त गर्नुभएको छ। यससँगै प्रकाशकुमार श्रेष्ठ ५९९ मतान्तरले विजयी हुनुभएको हो।

निर्वाचनमा कुल १६९८ मतदाता रहेकामा १३६२ मत खसेको थियो। त्यसमध्ये २७ मत बदर भएको निर्वाचन निर्वाचन समितिले जनाएकाे छ ।

अध्यक्ष पदबाहेक अन्य सबै १४ पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।

 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठको नेतृत्वमा संघले जिल्लाको उद्योग, व्यापार तथा व्यवसायिक हितका मुद्दालाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा व्यवसायी वृत्तमा गरिएको छ।