भक्तपुर, चैत २२ । सरकार परिवर्तनसँगै उपत्यकालाई सुरक्षित बनाउने अभियानमा जुटेको प्रहरी गुण्डागर्दीबिरुद्ध निर्मम बनेर मैदानमा उत्रिएको छ ।
काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले गुण्डागर्दीबिरुद्ध बिशेष अभियान चलाएसँगै अव उपत्यकाका तीनवटै जिल्लाले यो अभियान थालेका छन । काठमाडौंले सेफ काठमाडौं भन्ने अभियान सुरु गरेको भोलिपल्ट भक्तपुर प्रहरीले पनि शनिवार रातभर ‘स्वीप अप्रेसन’ चलाएर ६० भन्दा बढी संकास्पद ब्यक्तिलाई पक्राउ गरेको छ ।
सार्वजनिक शान्तिमा खलल पुर्याउने व्यक्तिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर भक्तपुरले शनिवार चलाएको ‘स्वीप अप्रेसन’ का क्रममा ६० भन्दा बढी पक्राउ परेका हुन । जिल्ला प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार रातभरको अप्रेशनमा ६० भन्दा बढी जनालाई नियन्त्रणमा लिएएको छ । पक्राउ परेका व्यक्तिका विभिन्न कसुरमाथि छानबिनपछि मुद्दा चलाइने खडकाको भनाई छ।
ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन अघि बढाइएको थियो । सार्वजनिक स्थलमा शान्तिसुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायत शङ्कास्पद गतिविधि गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भक्तपुर प्रहरीले नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पनि यो अप्रेसन चलाइएको बताएको छ । यसअघि शुक्रवार राती काठमाडौं प्रहरीले १ सय १७ जनालाई नियन्त्रणमा लिएको थियो ।
उपत्यकामा चलाइएको यस अप्रेशनको कमाण्ड उपत्यका प्रहरी प्रमुख एआइजी इश्वर कार्कीले गरिरहनुभएको छ भने फिल्ड कमाण्डको काम जिल्ला प्हरी प्रमुख आफैले सम्हालेका छन ।













प्रतिक्रिया दिनुहोस्