काठमाडौं, चैत २२ । प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित हुनुभएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँलाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो।
यसअघि सभामुख पदका लागि अर्यालको मात्र उम्मेदवारी परेको थियो। एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध चयन हुनुभएको हो।
प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य केसीले सभामुख पदमा अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गर्नुभएको थियो। घोषणा लगत्तै सदनमा उपस्थित सांसदहरूले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएकाे छ।
नवनिर्वाचित सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक सञ्चालन, संसदीय प्रक्रियालाई प्रभावकारी बनाउने तथा सदनको गरिमा कायम राख्न निष्पक्ष भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्