काठमाडौं, चैत २२। पर्दा पछाडिबाट सरकार चलाउने बिचौलियाको उपमा पाएनु भएका दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका छन् ।
प्रहरीले शुक्रवार राति शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ गरेपछि आइतबार सम्पत्ति शुद्धीकरणको मुद्दामा उहाँका छोरा सुलभ अग्रवाललाई पनि पक्राउ गरेको छ । सम्पत्ति सुद्धिकरण बिभागको पत्रअनुसार अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाबु छोरालाई नै पक्राउ गरेको हो ।
शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहनु भएका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले आज बिहान नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा सोही परिवारका अर्का सदस्य शाहिल अग्रवाल पनि तानिनुभएको छ । हुण्डिदेखि अनेकन कारोवारमा संलग्न सुलभ प्रधानमन्त्री र अर्थमन्त्रीका आसेपासे बाहेक हत्तपत्त कसैलाई पनि नभेटने ब्यापारीका रुपमा परिचित रहेका छन ।
अग्रवाल परिवारले भारतदेखि अमेरिकासम्म हुण्डि कारोवारमार्फत मासिक करोडौं कमाउने गरेको तथ्यसमेत खुलेपछि सम्पत्ति सुद्धिकरण बिभाग तातेको हो । सो समुहको अनुसन्धान गर्न अघिल्लो अर्थमन्त्री रामेश्वर खनालले बिभागलाई निर्देशन दिनुभएको थियो । खनालले नै बिचौलिया दिपक भट्टमाथि अनुसन्धान अघि बढाउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्