जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार १५:२५

सेनाले सहयोग नगरेको भन्ने केपी ओलीको बयान फेक प्रमाणित, क्षमायाचनासहित सच्याइयो


काठमाडौं, चैत २२। नेकपा एमालेका अध्यक्ष केपी ओलीले अदालतमा दिनुभएको बयानको बिषयमा नियोजित रुपमा अफवाह पैलाउन तथ्यभन्दा ठीक बिपरित सूचना सम्प्रेषण गरिएको पाइएकोले क्षमायाचनासहित यो समाचार हटाइएको छ ।

प्रहरी र अदालतमा ओलीले दिनुभएको बयानमा नेपाली सेनाको बिषयमा कँही कतै कुनै पनि कुरा उल्लेख नभएको र आपतकालिन अवस्थामा नेपाली सेनाले सहयोग नगरेको कारण आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको भन्ने कुरा ओलीको बयानमा नरहेको तथ्य प्रमाणित भएकोले पाठकमा पर्न गएको भ्रमप्रति क्षमायाचना गर्दछौं ।

केपी ओलीको बयानको नाममा नेपाली सेनाबिरुद्ध गम्भीर षडयन्त्र गर्ने, अफवाह फैलाउने र केपी ओलीको समेत सार्वजनिक अडानभन्दा बाहिर गएको, अडान छाडेको र देश भन्दा अरु कुरा सोचेको भन्ने देखाउन फेक समाचार तयार पारिएको र एमालेकै केही नेता यो काममा लागेको देखिएको छ । पूर्वप्रधानमन्त्री ओलीको बयानको नाममा सार्वजनिक भएका कुनै पनि कुरा सत्य नरहेको जानकारीसमेत गराउन चाहन्छौं । (–सं)