काठमाडौं, चैत २२। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ।
आइतबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। बहस नसकिएकाले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राख्दै सोमबार पुनः सुनुवाइका लागि पेसी तोकिएको अदालत स्रोतले जनाएको छ।
उहाँहरूतर्फबाट वरिष्ठ अधिवक्ताहरूले गिरफ्तारी प्रक्रिया र हिरासतको वैधानिकतामाथि प्रश्न उठाउँदै रिहाइको मागसहित बहस गर्नुभएको थियो। सरकारी पक्षले भने अनुसन्धानको आवश्यकताका आधारमा हिरासतलाई जायज ठहर गरेको जनाएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकविरुद्ध अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा दुवै नेताविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो।
यसअघि काठमाडौं जिल्ला अदालतले उहाँहरूलाई अनुसन्धानका हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसविरुद्ध परिवारका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको हो।













प्रतिक्रिया दिनुहोस्