काठमाडौं, चैत २३ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनका बेला नयाँ शक्तिले सुशासन र समृद्धिको आशा जगाएको भए पनि अहिले त्यो अपेक्षा व्यवहारमा नदेखिएको टिप्पणी गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चुनावको समयमा ‘नयाँले सुशासन ल्याउँछ, देश बन्छ’ भन्ने विषयमा व्यापक चर्चा र हलचल भएको स्मरण गर्नुभएको छ। तर वर्तमान परिस्थितिमा सुशासन नयाँ शक्तिको कार्यशैली र चरित्रमा भन्दा पुराना दलहरूको आलोचना र खेदोमा मात्र खोजिने प्रवृत्ति देखिएको उहाँको भनाइ छ।
महासचिव पोखरेलले सुशासन केवल नारामा सीमित नभई व्यवहार, नीति र कार्यान्वयनमा देखिनुपर्ने उल्लेख गर्दै जनताले अनुभूति गर्ने किसिमको शासन प्रणाली आवश्यक रहेको संकेत गर्नुभएको छ। उहाँको यो टिप्पणीलाई पछिल्लो राजनीतिक बहस र शासन शैलीमाथिको प्रश्नसँग जोडेर हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्