जनता टाइम्स

२४ चैत्र २०८२, मंगलवार ०६:३३

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै, तीन विधेयक प्रस्तुत हुने कार्यसूची 


काठमाडौं, चैत २४ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ तथा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सम्बन्धित मन्त्रीहरूले उक्त विधेयकहरू प्रस्तुत गर्नुहुने कार्यसूची छ। ती विधेयकहरूमा छलफलका लागि सभामुखबाट कार्यसूची अघि बढाइने सम्भावना रहेको छ ।