काठमाडौं, चैत २४ । नेकपा एमालेका नेता सूर्य थापाले गृहमन्त्री सुधन गुरुङप्रति तीखाे टिप्पणी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘बोल्दै नबोल्ने कठपुतली’ को संज्ञा दिँदै गृहमन्त्री गुरुङलाई साेही कठपुतलीकाे भजने हवल्दारकाे संज्ञा दिनुभएकाे हाे ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नेता थापाले ‘बोल्दै नबोल्ने कठपुतलीको भजने हवल्दारको फुर्ती फेवातालको जग्गा कब्जा र वर्षौँदेखिको भाडा ठगीमा स्पष्ट भएको’ टिप्पणी गर्नुभएको छ ।
उहाँले कानुनको अज्ञानताले सजायबाट उन्मुक्ति नपाइने उल्लेख गर्दै सम्बन्धित प्रकरणमा कानुनी कारबाही आवश्यक रहेको उल्लेख गर्नुभएको छ । थापाको भनाइ छ, ‘कानुनको अनभिज्ञतामा सजायबाट उन्मुक्ति पाइँदैन।’
पछिल्ला दिनमा सरकारको कामकारबाही, विशेषगरी गृह मन्त्रीकाे भूमिकालाई लिएर विराेध सुरु भएको छ । फेवाताल किनारको जग्गा कब्जा गरेको विषयलाई लिएर उहाँको तीव्र आलोचना भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा थापाले लेख्नु भएको छ : ‘बोल्दै नबोल्ने कठपुतलीको भजने हवल्दारको फुर्ती फेवातालको जग्गा कब्जा र बर्षौदेखिको भाडा ठगीमा स्पष्ट भयो। कानुनको अनभिज्ञतामा सजायबाट उन्मुक्ति पाइँदैन !’













प्रतिक्रिया दिनुहोस्